नियम १३९
निवृत्तिभरण सम्बन्धी कार्यविधि
: (१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निवृत्तिभरण पाउने कर्मचारीले अवकास लिने मितिभन्दा ६ महिना अगाडि तोकिएको फाराम भरी सम्वन्धित अधिकारी समक्ष पठाउनु पर्दछ । त्यस्तो प्रहरी कर्मचारीको मृत्यु भएमा निजको मृत्यु भएको छ महिनाभित्र निजको परिवारले निवृत्तिभरणका लागि सम्वन्धित अधिकारी समक्ष दरखास्त पठाउनु पर्नेछ ।
(२) निवृत्तिभरणसँग सम्बन्धित देहायका कार्यहरू बैंक भुक्तानी लिइरहेको जिल्लाको जिल्ला प्रहरी कार्यालय प्रमुखको सिफारिसमा सोही जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट गरिनेछ :–
(क) एकपटक जारी भइसकेको निवृत्तिभरणको अधिकारपत्रको पाना सिद्धिई वा अधिकारपत्र हराई प्रतिलिपि दिनु परेमा वा निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण अधिकारपत्र बाहकको मृत्यु भई पारिवारिक निवृत्तिभरण पाउने व्यक्तिको नाम
परिवर्तन गर्नुपरेमा वा प्रमाणित निवृत्तिभरण अधिकारपत्रमा संशोधन गर्नुपरेमा वा प्रहरी किताबखानाबाट पठाइए बमोजिम निवृत्तिभरण अधिकारपत्र तथा फाराममा फोटो तथा दस्तखत प्रमाणित गर्नुपरेमा,
(ख) नियम १३१ को उपनियम (३) वमोजिम निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको उमेर साठी वर्ष पुगी निवृत्तिभरण रकम थप गर्नु परेमा ।